काठमाडौं उपत्यकामा थप ७ सय २४ जनामा संक्रमण पुष्टि, काठमाडौंमा मात्र ५ सय ८३ थपिए

काठमाडौं, १० असोज । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ७ सय २४ संक्रमित फेला परेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७ सय २४ संक्रमित थपिएका हुन् ।

जसमध्ये काठमाडौंमा मात्र ५ सय ८३ जना संक्रमित थपिएका छन् भने ललितपुरमा ७८ र संक्रमित थपिएका छन् । यस्तै भक्तपुरमा ६३ जना संक्रमित देखिएका छन् ।

योसंगै काठमाडौ उपत्यकामा संक्रमितको कुल संख्या १० हजार ६ सय ७० पुगेको छ । यसमध्ये काठमाडौमा १६ हजार ८ सय ४८, ललितपुरमा १ हजार ९ सय ९६ जना र भक्तपुरमा १ हजार ८ सय ५६ जना संक्रमित छन् ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता