एकै दिन १ हजार २ सय ७ संक्रमित थपिए, संक्रमितको संख्या ७१ हजार ८ सय २१ पुग्यो

काठमाडौं, १० असोज । मुलुकमा थप १ हजार २ सय ७ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा १ हजार २ सय ७ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या ७१ हजार ८ सय २१ पुगेको छ ।

मन्त्रालयका अनुसार प्रदेश १ को उदयपुरमा १ जना, झापामा ७ जना, भोजपुरमा २ जना, मोरङमा ७८ जना, सुनसरीमा २३ जना र सोलुखुम्बुमा १ जनामा संक्रमण देखिएको छ ।

त्यस्तै प्रदेश २ को धनुषामा ४ जना, पर्सामा २४ जना, बारामा ४ जना, महोत्तरीमा १ जना, रौतहटमा ६ जना, सप्तरीमा ११ जना, सर्लाहीमा ४ जना र सिरहामा १ जनामा संक्रमण देखिएको छ ।

यता, वागमती प्रदेशको काठमाडौँमा ५ सय ८३ जना, काभ्रेमा १७ जना, चितवनमा १२ जना, दोलखामा १ जना, धादिङमा ७ जना, नुवाकोटमा २ जना, भक्तपुरमा ६३ जना, मकवानपुरमा १७ जना, रामेछापमा ७ जना, ललितपुरमा ७८ जना, सिन्धुपाल्चोकमा ४ जना र सिन्धुलीमा १५ जनामा भाइरस देखिएको छ ।

त्यस्तै, गण्डकी प्रदेशको कास्कीमा १० जना, गोरखामा ३ जना, तनहुँमा ४ जना, नवलपरासीमा पूर्वमा १ जना, लमजुङमा १ जना, वाग्लुङमा १ जना र स्याङ्जामा ४ जनामा संक्रमण पुष्टि भएको छ ।


यता, प्रदेश ५ को अर्घाखाँचीमा २ जना, कपिलवस्तुमा ३ जना, गुल्मीमा ५ जना, दाङमा २८ जना, नवलपरासीमा १० जना, पाल्पामा ३ जना, प्युठानमा ५ जना, बर्दियामा ७ जना, बाँकेमा ३० जना र रुपन्देहीमा ७३ जना र रोल्पामा ६ जनामा भाइरस पुष्टि भएको छ ।

त्यस्तै, कर्णाली प्रदेशको सल्यानमा १ संक्रमण देखिएको छ । र, सुदूरपश्चिम प्रदेशको अछाममा १३ जना, कञ्चनपुरमा १ जना, डोटीमा १५ जना, दार्चुलामा ५ जना, बझाङमा २ जना र बैतडीमा १ जनामा संक्रमण पुष्टि भएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment