चितवनमा बाघको आक्रमणबाट घाँस काट्न गएका ६५ बर्षीय बृद्धको मृत्यु

चितवन, १० असोज । चितवनमा बाघको आक्रमणबाट शनिबार एक पुरुषको ज्यान गएको छ । बनमा घाँस काट्न गएका भरतपुर १३ का ६५ बर्षीय जगदिश चौधरीको बाघको आक्रमणबाट ज्यान गएको चितवन रास्ट्रिय निकुञ्जका सूचना अधिकारी अशोक रामले जानकारी दिनुभयो ।

स्थानीय बेलशहर मध्यवर्ती सामुदायिक बनमा घाँस काट्न गएको चौधरीलाई बिहान १०स्१५ बजे बाघले आक्रमण गरेको थियो । अहिले पनि बाघ र शव एकै ठाउँमा रहेकाले बाघलाइ डार्ट गरेर शव नियन्त्रणमा लिने प्रयास भइरहेको सुचना अधिकारी रामले बताउनुभयो।



प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment