कोरोना बीमाको मापदण्ड संशोधन : १ लाखको बीमा गर्नेले २५ हजार मात्रै पाउने

काठमाडौं, २९ भदौ । कोरोना बीमाको मापदण्ड संशोधन भएको छ । संशोधन गरेको मापदण्ड अनुसार कोरोना बीमा १ लाख रुपैयाँ गरेकाले २५ हजार र ५० हजार रुपैयाँको गर्नेले १२ हजार मात्रै पाउने भएको छ ।अब कोरोना पुष्टिपछि उक्त नगद रकम पाउने भएको छ । व्यक्तिगत रुपमा ६ सय रुपैयाँ शुल्क र पारिवारिक रुपमा ३ सय रुपैयाँ शुल्क बुझाएर १ लाखको बीमा गर्नेले २५ हजार पाउनेछने ।

यस्तै ५० हजारको बीमा गर्नेले कोरोना पुष्टिपछि २५ प्रतिशत मात्रै अर्थात १२ हजार ५ सय पाउने जनाइएको छ । पीसीआर पोजेटिभ रिपोर्ट आएपछि २५ प्रतिशत भुक्तानी दिइने, बाँकी ७५ प्रतिशत औषधि उपचारमा भएको खर्चको बिल बराबरको भुक्तानी दिइनेछ छ। आज (सोमबार)बाट लागू हुनेगरी कोरोना बीमाको मापदण्ड संशोधन गरेको हो ।



अब कोरोना पुष्टिपछि २५ हजार रुपैयाँ र त्यसपछि औषधि उपचारका लागि हुने खर्च बिल भर्पाईका आधारमा मात्रै दिने भएको छ। तर भदौ २८ भन्दा अगाडि जारी गरिएका बीमा लेखमा भने पुरानै व्यवस्था पीसीआर पोजेटिभपछि पूर्ण रकम १ लाख वा ५० हजार नै भुक्तानी हुने जनाइएको छ ।

 न्युज२४ नेपालबाट साभार गरिएको

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment