कोरोनाबाट हुने मृत्य दर बढ्दो,पछिल्लो २४ घण्टामा ५ महिलासहित १५ को मृत्यु

काठमाडौं, २९ भदौ । नेपालमा कोरोनाबाट हुने मृत्यु दर पुनः बढेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृत्यु हुनेमा १० जना पुरुष र ५ जना महिला रहेका छन् । जसमा काठमाडौंका ७७ वर्षीय पुरुष, ६२ वर्षीय पुरुष, ७३ वर्षीय पुरुष, ८५ वर्षीय पुरुष, ७० वर्षीय पुरुष र ६१ वर्षीया महिला गरी ६ जनाको मृत्यु भएको छ ।
त्यसैगरी ललितपुरका ५५ वर्षीय पुरुष, भक्तपुरका ७३ वर्षीय पुरुष, रामेछापका २३ वर्षीय पुरुष र मोरङका ४० र ७० वर्षीय पुरुषको पनि कोरोनाका कारण मृत्यु भएको छ । त्यसैगरी गोरखाकी ६३ वर्षीया महिला, नवलपरासीकी ६२ वर्षीया महिला, पर्साकी ५५ वर्षीया महिला र कपिलवस्तुकी ४७ वर्षीया महिला महिलको पनि मृत्यु भएको छ ।
योसँगै देशभर कुल मृतकको संख्या ३ सय ६० पुगेको छ । यो मृत्युदर संक्रमितहुनेहरुबाट ०।६५ प्रतिशत हो ।

गत साताभर लगभग एक अंकमा सीमित मृत्यु दर पुनः हरेक दिन दोहोरो अंकमा उक्लिन थालेको छ । यही क्रममा पछिल्लो २४ घण्टामा देशभर १५ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment