फेरि एकै दिन १ हजार २ सय २८ संक्रमित थपिए, कुल संख्या ४२ हजार ८ सय ७७ पुग्यो

 काठमाडौं, १८ भदौ । मुलुकमा थप १ हजार २ सय २८ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा १ हजार २ सय २८ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या ४२ हजार ८ सय ७७ पुगेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रदेशको १ को उदपुरमा २ जना, ओखलढुंगामा ४ जना, झापामा १२ जना, तेह्थुममा २ जना, धनकुटामा ३ जना, मोरङमा ४६ जना, संखुवासभामा ६ जना, र सुनसरीमा २७ जनामा संक्रमण देखिएको छ ।
त्यस्तै प्रदेश २ को धनुषामा ६४ जना, पर्सामा ६५ जना, बारामा ७१ जना, महोत्तरीमा २० जना, रौतहटमा २९ जना, सप्तरीमा १ जना, र सलाहीमा १०९ जनामा संक्रमण देखिएको छ ।
यता, वागमती प्रदेशको काठमाडौँमा ३५७ जना,काभ्रेमा ७ जना, चितवनमा ५६ जना, दोलखामा ५ जना, धादिङमा ३ जना, नुवाकोटमा ४ जना, भक्तपुरमा ४२ जना, मकवानपुरमा २२ जना, रामेछापमा १ जना, ललितपुरमा ४६ जना र सिन्धुपाल्चोकमा ३ जनामा संक्रमण पुष्टि भएको छ ।
त्यस्तै, गण्डकी प्रदेशको कास्कीमा ३१, गोरखा ५ जना, तनहुँमा ३ जना, नवलपरासी पूर्वमा ६ जना, लमजुङमा ९ जना र बाग्लुङमा १ जनामा संक्रमण पुष्टि भएको छ ।
यता, प्रदेश ५ को जनामा कपिलबस्तुमा ११ जना, गुल्मीमा १० जना, दाङमा ४ जना, नवलपरासीमा ९ जना, पाल्पामा २ जना, प्यूठानमा २ जना, बर्दियामा ५ जना, बाँकेमा ८ जना र रुपन्देहीमा ५२ जनामा संक्रमण देखिएको छ ।
त्यस्तै कर्णाली प्रदेशमा कालिकोटमा २ जना, जाजरकोटमा १ जना, दैलेखमा ६ जना, सल्यानमा २ जना र सुर्खेतमा ७ जनामा संक्रमण पुष्टि भएको छ ।
त्यस्तै, सुदूरपश्चिम प्रदेशको अछाममा ६ जना, कञ्चनपुरमा ३ जना, कैलालीमा १५ जना, डोटीमा ४ जना, दार्चुलामा २ जना, बझाङमा १० जना, र बैतडीमा २ जनामा संक्रमण पुष्टि भएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment