प्रदेश १ मा ९५ जना नयाँ संक्रमित थपिए, ६० जना डिस्चार्ज भए


विराटनगर, १८ भदौ । पछिल्लो २४ घण्टामा प्रदेश १ मा ९५ जना कोरोना संक्रमित थपिएका छन्, भने ६० जना डिस्चार्ज भएका छन् ।

मोरङका ४४ जना, सुनसरीका २८ जना, झापाका १२ जना, संखुवासभाका ६ जना, धनकुटा र तेह्रथुमका २–२ जना र प्रदेश १ बाहिरका १ जना रहेका सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार विराटनगरमा ३३ जनामा संक्रमण देखिएको छ । १३ महिला र २० पुरुषको कोरोना रिपोर्ट पोजेटिभ आएको छ । मोरङको सुन्दरहरैचाका ३ पुरुष, लेटाङका २ महिला १ पुरुष, कटहरीका २ पुरुष, ग्रामथान र पथरीशनिश्चरेका १–१ पुरुष र बुढीगंगामा १ महिलामा संक्रमण देखिएको हो ।

यसैगरी सुनसरीको धरानमा ४ महिला १७ पुरुष, इटहरीमा १ महिला २ पुरुष, बर्जु, भोक्राहा नरसिंह र स्थानीय तह नखुलेका १–१ पुरुष र देवानगञ्जमा १ महिला, झापाको कमल गाउँपालिकामा २ महिला ४ पुरुष, विर्तामोडमा ४ महिला १ पुरुष, अर्जुनधारामा १ पुरुष, संखुवासभाको खाँदबारीमा ५ पुरुष र मादीमा १ पुरुष, धनकुटाको शहिदभूमीमा १ पुरुष, धनकुटा नगरपालिकामा १ महिला, तेह्रथुमको म्याङलुङमा १ महिला १ पुरुष र प्रदेश १ बाहिरका १ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३ हजार ६ सय ८० पुगेको छ । मारवाडी सेवा सदन आइसोलेसन केन्द्र, विराटनगरबाट १८, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट १३ जना, होम आईसोलेसनबाट ११, कालि सदन आईसोेलेसन, विराटनगरबाट ७ जना, विराट मेडिकल आइसोलेसन केन्द्र, बुढीगंगाबाट ६ जना, रुम्झाटार आईसोलेसन केन्द्र, ओखलढुङ्गाबाट २, धाइजन आइसोलेसन केन्द्र, झापाबाट २ र वैजनाथपुर आईसोलेसन केन्द्र, विराटनगरबाट १ जना डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या १ हजार ७ सय ४७ पुगेको छ । प्रदेश १ मा भाद्र १८ गतेसम्म १ हजार ७ सय ९० जनाको पीसीआर परीक्षण गरिएको छ ।

परीक्षण गरिएका मध्ये ३० महिला र ६५ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार हालसम्म ९३ हजार २ सय ९८ जनाको पीसीआर परीक्षण गरिएको छ । 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment