गाउँ नै छाड्ने सहमतिमा दाजु-बहिनीबीच शारीरिक सम्पर्क, आमाद्वारा 'हाडनाता करणी' उजुरी



सोलुखुम्बु, १८ भदौ ।
 सोलुखुम्बुमा हाडनाता करणीको आरोपमा दाजु बहिनीलाई प्रहरीले पक्राउ गरेको छ। महाकुलुङ गाउँपालिकाका २३ वर्षीय दाजु र १९ वर्षीय बहिनीलाई नियन्त्रणमा लिएको सोलुखुम्बु प्रहरीले जनाएकाे छ ।
आफ्नै छोराछोरीले विवाह गर्न लागेको भन्दै आमाले प्रहरीलाई खबर गरेकी थिइन् । एउटै आमाको कोखबाट जन्मिएका दाजु-बहिनीले विवाह गर्न लागेको भन्दै आमाले प्रहरीमा उजुरी दिएपछि उनीहरुलाई पक्राउ गरिएको हो ।
प्रहरीका अनुसार दाजु बहिनीले प्रारम्भिक सोधपुछमा बिहे नै गर्न लागेको बताएका छन् । उनीहरुले बिहे गर्ने र आवश्यक परे गाउँ नै छाड्ने सहमतिमै शारीरिक सम्पर्क गरेको बताएका छन् ।
अहिले दुवै जनालाई पक्राउ गरेर अनुसन्धान थालेकाे बताउँदै  हाडनाता करणीमा मुद्दा चलाउने प्रहरीको तयारी छ ।





प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment