बञ्चरो प्रहार गरी जेठाजुले गरे बुहारीको हत्या, जेठाजु पक्राउ


काभ्रेपलाञ्चोक, १८ भदाै । काभ्रेको नमोबुद्ध नगरपालिका–८ दाप्चाबजार नजिकै घरमा रहेकी बुहारीलाई बन्चरो प्रहार गरी हत्या गरेका छन्। घरायसी विवादका कारण आँगनमा भाडा माझिरहेकी बुहारीलाई बन्चरो प्रहार गरी हत्या गर्ने जेठाजुलाई काभ्रे प्रहरीले पक्राउ गरेको छ ।

बिहीबार बिहान ३५ वर्षीया रन्जना तिमल्सिना (अधिकारी) लाई धरिलो हतियार प्रहार गरी जेठाजु सुदर्शन अधिकारीले हत्या गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।

सुदर्शनले आँगनमा भाडा माझिरहेकी बुहारी रञ्जनालाई पछाडिबाट बन्चरो प्रहार गरेका प्रहरीले जनाएको छ । बन्चरो प्रहारबाट रन्जनाको घटनास्थलमै मृत्यु भएको हो । प्रहरीलाई हत्याको खबर आएको एक घण्टाभित्र सुदर्शन अधिकारी पक्राउ गरेको छ ।

घरायसी झै–झगडाको कारण रन्जनाको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment