भारतमा कोरोना संक्रमणको नयाँ रेकर्ड, एकै दिन ८२ हजारभन्दा बढीमा कोरोना संक्रमण


इलाम, १८ भदौ । कोरोना भाइरसको संक्रमण फैलने क्रम भारतमा पनि तीब्र बनेको छ । बिहीबार यो समाचार तयार पार्दा सम्म भारतमा ८२ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

बिहीबार यो समाचार तयार पार्दासम्म एकै दिन २ हजार ८६० जना संक्रमित भएका छन्, यो संख्या भारतमा एकैदिन संक्रमित हुने अहिलेसम्म कै उच्च संख्या हो । यो सँगै भारतमा कोरोना संक्रमितको संख्या ३८ लाख ४८ हजार ९६८ पुगेको छ ।

अहिले भारत विश्वका धेरै कोरोना संक्रमित मुलुकहरुको तेस्रो स्थानमा रहेको छ । एसियाली देशहरूमा भने सबैभन्दा बढी कोरोना भाइरस संक्रमितहरू भारतमै फेला परेका छन् । संक्रमितमध्ये अहिलेसम्म २९ लाख ६७ हजार ३३९ जना संक्रमणमुक्त भएका छन् भने ८ लाख १४ हजार ६८ जनाको उपचार भइरहेको छ ।

यस्तै भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या ६७ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा १०२६ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ६७ हजार ४८६ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment