ढोरपाटनमा आएको बाढीमा १५ जना सम्पर्कविहीन, ३० घरमा क्षति

बाग्लुङ, १८ भदाै । निरन्तर वर्षाको कारण बाग्लुङको ढोरपाटन नगरपालिका वडा नम्बर ९ मा आएको बाढीका कारण १५ जना सम्पर्कविहीन भएका छन् । बाढीका कारण ३० घर पूर्ण रुपमा क्षतिग्रस्त भएका छन् ।

स्थानीय जीवन पुनले दिएको जनाकारीअनुसार राति करिब १२ बजे भूजीखोलामा आएको बाढीले ३० घरसहित दुईवटा विद्युत गृह, एकवटा झोलुङले पुल, दुईवटा विद्यालय बगाएको छ ।

ढोरपाटन नगरपालिका वडा नम्बर ९ लाँकुरीबोटका तीन जना, दुनेपँधेराका तीन जना, घट्टबोटका सात जना र सुब्राङमा दुई जना सम्पर्कविहीन भएको घर्ती मगरको भनाइ छ ।

उहाँका अनुसार हालसम्म ढोरपाटन नगरपालका- ९ को लाँकुरीबोटका १५ घर, दुनेपँधेरामा ५ घर, घट्टबोटमा ८ घर र सुप्राङ २ घर बगाएको छ भने सरस्वती आधारभूत विद्यालय र जनचेतना प्राथमिक विद्यालयसमेत बाढीले बगाएको छ ।

न्युज२४बाट साभार गरिएकाे


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment