४ बर्षीया बालिकासहित एकै दिन ११ को मृत्यु, कोरोनाबाट नेपालमा मृत्यु हुने २ सय ३९ पुगे

काठमाडौं, १६ भदौ । पछिल्लो २४ घण्टामा देशभर थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ सय ३९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चितवनमा मात्र एक संक्रमितको मृत्यु भएको छ । चितवनको भरतपुर महानगरपालिका ६ का ७८ बर्षीय बृद्धको मृत्यु भएको छ ।

File Photo

ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएसँगै उनको सोमबार विहान मृत्यु भएको हो । उनमा भदौ २ गते कोरोना पुष्टि भएसँगै श्वास प्रस्वासमा समस्या आएपछि भदौ ६ गते मात्रै अस्पताल भर्ना गरिएको थियो ।

योसंगै चितवनमा मृत्यु हुनेको संख्या १६ जना पुगेको छ । जसमध्ये चितवनका मात्रै ९ जना रहेका छन् । यता पर्सामा पनि थप तीन जना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा वीरगंज २० हरपतगंजका ५३ वर्षीय पुरुष, बारा जिल्लाको कोल्भी घर भएका ६० वर्षीय पुरुष र वीरगञ्ज महानगरपालिकाको सडकमा बस्दै आएका ६० बर्षका पुरुष रहेका छन् ।

५३ वर्षीय पुरुषको राति १२ः४५ बजे नारायणी अस्पताल अन्तर्गत सञ्चालित अस्थायी कोभिड अस्पताल वीरगञ्ज हेल्थकेयर हस्पिटलमा भएको नारायणी अस्पतालका प्रवक्ता डाक्टर अतुलेश चौरसियाले जानकारी दिनुभयो ।

मधुमेह तथा मृगौलाका विरामी समेत रहेका ५३ वर्षका पुरुषमा कडाखाले निमोनियाका कारण श्वासप्रश्वासमा समस्या भई अचानक मृत्यु भएको चिकित्सकहरुले बताएका छन् । बाराका ६० वर्षीय पुरुषको पनि कोभिड अस्थायी अस्पतालमा मंगलबार बिहान ५ बजेतिर मृत्यु भएको अस्पतालले जनाएको छ ।

उनलाई गत भदौं १० गते अस्पताल भर्ना गरिएको थियो । मधमेहका समेत रोगी रहेका उनलाई आइसीयूमा राखेर उपचार गरिएको थियो । वीरगञ्जमै सोमबार राति अर्का कोरोना संक्रमित ठेगाना नखुलेका ६० वर्षीय पुरुषको मृत्यु भएको हो ।

संक्रमित पुरुष घरबार बिहीन रहेको तथा उनको उपचारको क्रममा मृत्यु भएको बताइएको छ । गत भदौ १३ गते उपचारको लागि नारायणी अस्पतालको आकस्मिमक कक्षमा भर्ना भएका ती पुरुषको सोमबार राति पौने ९ बजे मृत्यु भएको हो ।

त्यसैगरी महोत्तरीमा पनि ४ वर्षीया बालिकासहित २ जनाको मृत्यु भएको छ । त्यसैगरी सिरहा र मकवानपुरमा पनि एक÷एक जनाको मृत्यु भएको छ । यता, काठमाडौंमा पनि २ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment