देशभर १ हजार ६९ संक्रमित थपिए, संक्रमितको कुल संख्या ४० हजार ५ सय २९ पुग्यो

काठमाडौं, १६ भदौ । मुलुकमा थप १ हजार ६९ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा १ हजार ६९ संक्रमित थपिएसंगै नेपालमा संक्रमितको कुल संख्या ४० हजार ५ सय २९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रदेशको १ को उदयपुरमा १ जना, ओखलढुंगामा २ जना, खोटाङमा २ जना, झापामा १४ जना, पाँचथरमा १ जना, मोरङमा १२ जना र सुनसरीमा ५६ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै, प्रदेश २ को धनुषा १ जना, पर्सा २ जना, बारा ११ महोत्तरीमा २ जना, रौतहटमा ५ जना, सप्तरीमा १ जना, सर्लाहीमा १९ जनामा संक्रमण देखिएको छ ।

यता, वागमती प्रदेशको काठमाडौँमा ३ सय ९३ जना, काभे ८ जना, चितवन ४५ जना, दोखला ११ जना, धादिङ ११ जना, नुवाकोटमा २ जना, भत्तपुरमा ३० जना, मकवानपुरमा ६ जना, रसुवामा १ जना, रामेछापमा २ जना, ललितपुरमा ५८ जना, सिन्धुपाल्चोकमा १ जना र सिन्धुलीमा ६ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै, गण्डकी प्रदेशको कास्कीमा ४ जना, गोरखा ८ जना, तनहुँमा ५ जना, नवलपरासी पूर्वमा १५ जना, पर्वतमा १ जना, लमजुङमा ३२ जनामा संक्रमण पुष्टि भएको छ ।

यता, प्रदेश ५ को आर्घाखाँचीमा ९ जना, कपिलबस्तुमा ७ जना, गुल्मीमा १३ जना, दाङमा १३ जना, नवलपरासीमा ४ जना, पाल्पा १ जना, प्यूठानमा १ जना, बर्दियामा ७ जना, बाँकेमा ३३ जना, रुकुम पूर्वमा १ जना, र रुपन्देहीमा ९१ जनामा संक्रमण देखिएको छ ।

त्यस्तै कर्णाली प्रदेशमा जुम्लामा २ जना, दैलेखमा २ जना, सल्यानमा १ र सुर्खेतमा १ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै, सुदूरपश्चिम प्रदेशको अछाममा १३ जना, कञ्चनपुरमा ४ जना, कैलालीमा २० जना, डडेल्धुरामा २ जना, डोटीमा २४ जना, बझाङमा ४० जना र बैतडीमा १२ जनामा संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४ सय ८१ जनामा संक्रमण पुष्टि भएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment