इलामकाे देउमाइ नगरपालिकाको मङलबारे बजारमा खाद्य सामग्री संकलन गरि निःशुल्क बितरण गरिदै

  • बिमल अधिकारी 

जीतपुर, ३ असोजः देउमाइ नगरपालिकाको मङलबारे बजारमा  खाद्य सामग्री संकलन गरि निःशुल्क बितरण गरिने भएको छ। कोरोनाको महामारिले निम्त्याएको आर्थिक संकटलाई मध्यनजर गर्दै नगरका केहि युवाहरुको सकृयतामा आय श्रोत नभएका अति  बिपन्न परिवारलाई  खाद्यसामग्री निःशुल्क वितरण गर्ने कार्यक्रमको आयोजना गरिएको हो।
 ू

हुनेले दिएर जानुहोस्, नहुनेले लिएर जानुहोस्ू भन्ने मूल नाराका साथ विशुद्ध मानवता र समाजसेवाको भवना बोकी यस्तो कार्यक्रम तय गरिएको अभियान्ता आशिष खनालले बताए। त्यस्तै सकेको सहयोग गर्दै यो सूचना  घर,  छर छिमेकमा पुर्‍याइदिन समेत  अभियान्ताहरुले अनुरोध गरेका छन।

चामल, तेल, नुन र दाल लगायतका खाद्य सामाग्री संकलन गरि यहि असोज ४ गते आइतबार बिहानको दश बजेबाट देउमाइ नगरपालिकाको मंगलबारे बजारमा बितरण गर्ने जनाइएको छ। ूजसले मानवतामा विश्वास राख्दछू आयोजक को नाम दिएर शुरु गरिएको यो अभियानमा सहयोग स्वरुप खाद्यान्न मात्रै लिने पैसा नलिने समेत बताइएको छ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment