पछिल्लो २४ घण्टामा ११ को मृत्यु, नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ सय नाघ्यो

काठमाडौं, ३ असोज । गत २४ घण्टामा देशभर ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृत्यु हुनेमा ४ जना पुरुष र ७ जना महिला रहेका छन् । जसमा ललितपुरका ६० वर्षीय पुरुष, ७६ वर्षीया महिला र ६८ वर्षीया महिलासहित ३ जनाको मृत्यु भएको छ ।

त्यसैगरी काठमाडौंका ७५ वर्षीय पुरुष र ७७ बर्षीया महिला गरी दुई जनाको मृत्यु भएको छ । त्यस्तै मोरङकी ६५ वर्षीया महिला, रौतहटकी ५१ वर्षीया महिला, सर्लाहीकी ५६ वर्षीया महिला, मकवानपुरकी ३७ वर्षीया महिला, रुपन्देहीका ६९ वर्षीय पुरुष र बाँकेका ४५ वर्षीय पुरुषको पनि मृत्यु भएको छ ।

योसँगै देशभर कुल मृतकको संख्या ४ सय १ पुगेको छ । यो मृत्युदर संक्रमित हुनेहरुबाट ०.६४ प्रतिशत हो ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment