देशभर थप १ हजार २ सय ४ जनामा संक्रमण पुष्टि, संक्रमितको संख्या ६२ हजार ७ सय ९७ पुग्यो

काठमाडौं, ३ असोज । मुलुकमा थप १ हजार २ सय ४ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा १ हजार २ सय ४ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या ६२ हजार ७ सय ९७ पुगेको छ ।

मन्त्रालयका अनुसार प्रदेश १ को ओलखढुंगामा ३ जना, खोटाङमा १ जना, झापामा ६ जना, मोरङमा ३३ जना, र सुनसरीमा २३ जनामा संक्रमण देखिएको छ । त्यस्तै प्रदेश २ को धनुषामा २ जना, पर्सामा ६ जना, बारामा १ सय ११ जना, महोत्तरीमा १ जना, रौतहटमा २ जना, सप्तरीमा १९ जना, सर्लाहीमा १५ जना र सिरहामा ८ जनामा संक्रमण देखिएको छ ।


यता, वागमती प्रदेशको काठमाडौँमा ५ सय ७० जना, काभ्रेमा १४ जना, चितवनमा ७ जना, दोलखामा ५ जना, धादिङमा १३ जना, नुवाकोटमा ४ जना, भक्तपुरमा ८३ जना, मकवानपुरमा १८ जना, रामेछापमा ९ जना, ललितपुरमा ५८ जना, सिन्धुपाल्चोकमा ४ जना र सिन्धुलीमा ७ जनामा भाइरस देखिएको छ ।

त्यस्तै, गण्डकी प्रदेशको कास्कीमा १३ जना, गोरखामा ४ जना, तनहुँमा ५ जना, नवलपरासी पूर्वमा ४५ जना, पर्वतमा २ जना, लमजुङमा ५ जना र स्याङ्जामा ३ जनामा संक्रमण पुष्टि भएको छ ।

यता, प्रदेश ५ को अर्घाखाँचीमा ३ जना, कपिलवस्तुमा ३ जना, दाङमा २८ जना, नवलपरासीमा १ जना, पाल्पामा २ जना, प्यूठानमा १ जना, बर्दियामा ४ जना, बाँकेमा २० जना, रुपन्देहीमा १ जनामा भाइरस पुष्टि भएको छ ।

त्यस्तै कर्णाली प्रदेशको दैलेखमा २ जना, सुर्खेतमा ३ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै, सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा २ जना, कैलालीमा ८ जना, डडेल्धुरामा ३ जना। दार्चुलामा २१ जना र बैतडीमा ३ जनामा संक्रमण पुष्टि भएको छ ।


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment