बैंकर्स क्लब इलामद्वारा राहसल बाल गृहलाई सहयोग


इलाम, ८ असोजः बैंकर्स क्लब इलमले राहसल बाल गृहलाई आर्थिक तथा खाध्य सामाग्री सहयोग गरेको छ । बुधकार बैकर्स क्लबका अध्यक्ष गोविन्द घिमिरे सहितको टोली बाल गृहमा गएर नगद दश हजार सहित केही खाध्य सामाग्री बाल गृहका अध्यक्षलाई हस्तान्तरण गरेको हो । कोरोना भाइरसको संक्रमणले आक्रान्त परेको वेलामा केही सहयोग गरौँ भन्ने उद्देश्यले सहयोग गरेको क्लवको सचिव टीकाराम पुरीले माइपोखरी न्युजलाई जानकारी गराए । 



हस्तान्तरण कार्यक्रममा सनराइज बैंक इलाममका शाखा प्रमुख ज्ञानश्याम गुरुङ, ग्लोबल आइएमई बैंकका पिताम्बर खड्का, सानिमा बैंकका शाखा प्रमुख प्रेम बहादुर पौडेल, प्रभु बैंकका शाखा प्रमुख रोशन संग्रौला, अजोड इन्युरेन्सका शाखा प्रमुख टीकाराम पुरी लागायतको उपस्थिति रहेको थियो । 

इलाममा रहेका सेन्चुरी कर्मशियल बैंक, सानिमा बैंक, बाणिज्य बैंक, सिद्दार्थ बैंक, ग्लोबल आइएमई बैंक, सनराईज बैंक, एनएमबी बैंक, एसविआइ बंक, माच्छापुच्छे बैंक, लक्ष्मी बैंक, एनआईसी बैंक,  प्रभु बैंक, गुडविल फाइनान्स, नेपाल बैंक लि, युनाइटेड फाइनान्स  लि., अजोड इन्स्योरेन्स लि., मुतिनाथ विकास बैंक, सप्तरी कोशी विकास बैंक,  एक्सल डेभलपमेन्ट बैंक, कृषि विकास बैंक लगायतको टीम मिलेर बैंकर्स क्लवको स्थापना गरिएको हो । 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment