संक्रमितको संख्या निरन्तर उकालो लाग्दै, एकैदिन १ हजार ४ सय ९७ संक्रमित थपिए

काठमाडौं, ८ असोज । मुलुकमा थप १ हजार ४ सय ९७ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा १ हजार ४ सय ९७ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या ६९ हजार ३ सय १ पुगेको छ ।

मन्त्रालयका अनुसार प्रदेश १ को उदयपुरमा २ जना, ओखलढुंगामा १२ जना, झापामा ४ जना, भोजपुरमा १ जना, मोरङमा ७३ जना, संखुवासभामा ३ जना र सुनसरीमा १३ जनामा संक्रमण देखिएको छ ।

त्यस्तै प्रदेश २ को धनुषामा १० जना, पर्सामा २३ जना, बारामा ६ जना, महोत्तरीमा ४ जना, रौतहटमा ४ जना, सप्तरीमा १६ जना, सर्लाहीमा १ जना र सिरहामा २३ जनामा संक्रमण देखिएको छ ।

यता, वागमती प्रदेशको काठमाडौँमा ६ सय ९ जना, काभ्रेमा १२ जना, चितवनमा १ सय ३७ जना, दोलखामा ३ जना, धादिङमा ४ जना, नुवाकोटमा ८ जना, भक्तपुरमा ५१ जना, मकवानपुरमा २१ जना, रामेछापमा १ जना, ललितपुरमा ९५ जना र सिन्धुलीमा ५ जनामा भाइरस देखिएको छ ।

त्यस्तै, गण्डकी प्रदेशको कास्कीमा ८ जना, गोरखामा ९ जना, तनहुँमा १७ जना, नवलपरासीमा पूर्वमा १४ जना, पर्वतमा ६ जना, लमजुङमा २ जना, वाग्लुङमा १२ जना र स्याङ्जामा ८ जनामा संक्रमण पुष्टि भएको छ ।

यता, प्रदेश ५ को अर्घाखाँचीमा ३ जना, कपिलवस्तुमा २ जना, गुल्मीमा ४ जना, दाङमा ९ जना, नवलपरासीमा १४ जना, पाल्पामा ४ जना, प्युठानमा ६ जना, बर्दियामा २४ जना, बाँकेमा ५३ जना र रुपन्देहीमा ८६ जनामा भाइरस पुष्टि भएको छ ।

त्यस्तै, कर्णाली प्रदेशको दैलेखमा २ जना, सल्यानमा ४ जना र सुर्खेतमा ३ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै, सुदूरपश्चिम प्रदेशको अछाममा १ जना, कञ्चनपुरमा ४ जना, कैलालीमा ४५ जना, डडेल्धुरामा १ जना, डोटीमा ४ जना, दार्चुलामा १ जना र बैतडीमा १० जनामा संक्रमण पुष्टि भएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment