उदयपुरमा ठूलो परिणामको लागूऔषधसहित ८ प्रकाउ

उदयपुर , ८ असोज । उदयपुरमा लागूऔषधसहित ८ जना पक्राउ परेका छन । जिल्लाको त्रियुगा नगरपालिका २ र ६ बाट गोप्य सूचनाको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।

सप्तरीको फत्तेपुरबाट सदरमुकाम गाईघाटतर्फ स. १ प. ३२२४ नम्बरको मोटरसाईकलमा ल्याइ बिक्री बितरण गरिरहेको अवस्थामा र त्रियुगा नगरपालिका ६ लालपत्ताबाट २ जना गरी ८ जना युवाहरु २८५ एम्पुल लागूऔषधसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख (एसपी) भिमबहादुर दाहालले बताए ।
उनीहरुको साथबाट फेनारगन ९५ एम्पुल, डाईजोपाम ९५ एम्पुल र लुपिजेसिक ९५ एम्पुल समेत गरी कुल २८५ एम्पुल लागूऔषध बरामद गरिएको प्रहरी प्रमुख दाहालले जानकारी दिएका छन । साथै उनीहरुको साथबाट मोवाईल समेत बरामद गरिएको एसपी दाहालले बताए ।

पक्राउ पर्नेमा सप्तरी अन्निसाईर कृष्णसबरम गाउँपालिका १ बस्ने बर्ष ३१ को पीके भन्ने प्रबेश मिया र उनको श्रीमती बर्ष २६ की हजारुम खातुन, त्रियुगा नगरपालिका १२ का १९ वर्षीय रजामुदिन अन्सारी, २४ वर्षीय दिलिप घिमिरे, २० वर्षीय मिलन विश्वकर्मा, २२ वर्षीय शिव अधिकारी, अर्का २२ वर्षीय विशाल मगर र २० वर्षीय सागर पौडेल रहेका छन्। उनीहरुको साथबाट मोबाइल ५ थान समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

मियाँ र खातुनलाई लागूऔषध बिक्रीको लागि भारतबाट उदयपुर आउने क्रममा प्रहरीले पक्राउ गरेको हो । थप अनुसन्धानको लागि उनीहरुलाई जिल्ला प्रहरी कार्यालय उदयपुरमा राखिएको एसपी दाहालले जानकारी दिएका छन्

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment