थप १७ संंक्रमितको मृत्यु, नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ सय ५३ पुग्यो

काठमाडौं, ८ असोज । पछिल्लो २४ घण्टामा देशभर १७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । केही दिन निरन्तर एकल अंकमा झरेको कोरोनाबाट हुने मृत्युदर पुनः दोहोरो अंकमा बढेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृत्यु हुनेमा १२ जना पुरुष र ५ जना महिला रहेका छन् । जसमा मोरङकी ५५ वर्षीया महिला, सुनसरीकी ८१ वर्षीया महिला, भक्तपुरकी ७३ वर्षीया महिला, काठमाडौंकी ८२ वर्षीया महिला र धादिङकी ३२ वर्षीया महिलाको मृत्यु भएको छ ।

त्यसैगरी झापाका ७८ वर्षीय पुरुष, धनुषाका ६८ र ७० बर्षीय पुरुष,रौतहटका ६५बर्षीय पुरुष,तनहुँका ३९ बर्षीय पुरुष,दाङका ३९ बर्षीय पुरुष,कपिलवस्तुका ५० बर्षीय पुरुष र नवलपरासीका ५५ बर्षीय पुरुष रहेका छन् ।

योसँगै देशभर कुल मृतकको संख्या ४ सय ५३ पुगेको छ । यो मृत्युदर संक्रमितहुनेहरुबाट ०।६५ प्रतिशत हो ।



प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment