‘कोही पनि भोको नहोस् र भोकले मर्न नपरोस्’ भन्नेमा सरकार प्रतिबद्ध : प्रधानमन्त्री ओली

काठमाडौं, ८ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान कोरोना महामारीको समयमा स्वास्थ्य र आर्थिक संकटकाबीच जनतालाई गरिबीमा नधकेल्नु मुख्य चुनौती रहेको बताउनुभएको छ ।

संयुक्त राष्ट्र संघ (यूएन)को ७५ औँ महासभा अन्तर्गतको एक उच्चस्तरीय कार्यक्रममा रेकर्डेड भिडियोमार्फत् प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो ।

सम्बोधनका क्रममा उहाँले ‘कोही पनि भोको नहोस् र कोही पनि भोकले मर्न नपरोस्’ भन्नेमा सरकार प्रतिबद्ध रहेको बताउनुभएको थियो ।


उहाँले दीगो विकास लक्ष्य २०३० का एजेन्डा प्राप्त गर्नका लागि एक दशक बाँकी रहेको बताउनुभयो । साथै, गरिबी न्यूनीकरण गरिएको प्रगति समग्र विकास प्रयासहरूको मूल्याकंन गर्ने प्राथमिकताहरू हुनुपर्ने पनि बताउनुभएको छ ।

त्यस्तै, प्रधानमन्त्री ओलीले नेपालको नीतिको लक्ष्य सबै किसिमको भेदभाव र अभावको अन्त्य गर्ने र समानता र सामाजिक न्यायमा आधारित आर्थिक वृद्धिलाई प्रोत्साहन गर्ने रहेको बताउनुभएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment