स्थापना दिवसको अवसरमा इलामका मिडिया हाउसलाई माक्स र सेनिटाइजर वितरण


इलाम, १७ भाद्रः किरात राई विद्यार्थी संघको २२ औँ स्थापना दिवसको अवसरमा किरात राई विद्यार्थी संघ इलामले इलाम सदरमुकाममा रहेका मिडिया हाउसहरुलाई माक्स र सेनिटाइजर वितरण गरेको छ । बुधबार जिल्ला समन्यव समितिमा एक कार्यक्रम आयोजना गरि मिडिया हाउसहरलाई सो सामाग्री वितरण गरेको हो । 

किरात राई ययोख्खाका केन्द्रीय सचिव कृष्ण राईको प्रमुख आतिथ्यतामा भएको कार्याक्रमको अध्यक्षता किरात राई विद्यार्थी संघ इलामका अध्यक्ष अन्वेश थुलुङले गरेका थिए । कार्यक्रमा किरात राई विद्यार्थी संघका सह कोषाध्यक्ष रोसन राईले कार्यक्रमको उद्देयवारे वताएका थिए । 

इलाम सदरमुकाममा मिडिया हाउसहरुले कोरोनाको कहरको वेला सुरक्षित तवरले समचार सम्प्रेसन गर्न सहज होस भन्ने उद्देश्यका साथ सामाग्री वितरण गरेको किरात राई विद्यार्थी संघ इलामका अध्यक्ष थुलुङले वताए । 



प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment