इलाममा आफ्नै आमालाई करणी गर्ने छोरा पक्राउ


इलाम, २४ भदौँः आफ्नै आमालाई करणी गरेको अभियोगमा इलाममा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । यही भदौ ७ गते राति आफ्नै ६३ वर्षिय वृद्ध आमालाई करणी गरी  फरार भएका बर्ष २३ को युवा विरुद्ध किटानी जाहेरी दरखास्त परी मुद्दा दर्ता भई अनुसन्धान भईरहेकोमा अवस्थामा  निजलाई खोत तलास गर्ने क्रममा मंगलबार राती इलाम नगरपालिका–५ तोरीबारीबाट निजलाई पक्राउ गरेको छ ।   उनकाे स्थायी घर भने देउमाइ नगरपालिका रहेकाे छ ।

जिल्ला प्रहरी कार्यालय इलामबाट  प्रहरी निरीक्षक नविन राईको टोलिले पक्राउ गरेको छ ।पक्राउ परेका निज अभियुक्तलाई  जिल्ला प्रहरी कार्यालय इलाममा ल्याई थप अनुसन्धान भई रहेको प्रहरी उपरिक्षक लालध्वज सुवेदीले जानकारी गराएका छन् ।



प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment