१२ लाख पाउने लोभमा किशोरीलाई भारत लैजाने तीन जना प्रहरीको नियन्त्रणमा

विराटनगर, ६ असोज । सुनसरीको रामधुनी घर भएकी १८ वर्षीया किशोरीलाई विभिन्न प्रलोभन देखाएर भारत लैजान खोज्नेहरुलाई मोरङ प्रहरी र साना हातहरु नामक संस्थाले नियन्त्रणमा लिएको छ ।

आइतबार साँझ मोरङको लेटाङ नगरपालिका–३ घर भई सुनसरीको रामधुनी नगरपालिका झुम्का बस्ने मनिका ढकाल, सप्तरीको विष्णुपुर गाँउपालिकाका सुमितकुमार मण्डल र सप्तरी तिलाठी कौलारी गाँउपालिका १ का प्रदीपकुमार मण्डललाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

१८ वर्षीया किशोरीलाई भारततर्फ लैजानेहरुलाई विराटनगर वडा नं. १७ नेपाल र भारतको सिमाना इसलामपुरबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा परेका तीनै जनालाई मंगलबार मोरङ जिल्ला अदालतमा मानव बेचविखन तथा ओसारपसार मुद्दामा म्याद थप गरी अनुसन्धान सुरु गरिएको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए ।

किशोरीलाई विभिन्न प्रलोभनमा पारी फकाएर विक्री गर्न लैजान खोजिएको प्रारम्भिक अनुसन्धाबाट देखिएको र थप अनुसन्धानको क्रममा प्रहरी रहेको उनले बताए ।



यता साना हातहरु नेपालले भने किशोरीलाई भारतमा पूजाको लागि बली दिन लगिएको आशंका गरेको बताएको छ । किशोरीलाई भारत लैजाने मुख्य नायक भनिएका सुमितले बयानको क्रममा किशोरीलाई भारत पु¥याउदा १२ लाख रुपैयाँ पाउने बताएको सो संस्थाले बताएको छ ।

यता मोरङ प्रहरीले भने के–को लागि र किन लगेको ? भन्ने कुरा थप अनुसन्धानबाट खुल्ने बताएको छ ।

न्युज२४ नेपालबाट साभार गरिएकाे

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment