सीमास्तम्भ खोज्‍न लाप्चा पुगेकाे टोलीलाई चिनियाँ सेनाले झपारे, भन्याे- ‘याे हाम्रो भूमी हाे, यहाँ वर्ता गर्न मिल्दैन’

  •  जनकबहादुर शाही

हुम्ला, ७ असाेज । नेपाल र चिनको सिमाना लिमीको लाप्चा बगरमा रहेको ११ नम्बर सीमास्तम्भ हराएको ५ वर्ष भयो । उक्त सीमास्तम्भ हराउँदा नेपाल–चीनको सीमारेखा स्पष्ट हुन सकेको छैन ।

वर्षेनी ११ नं. सीमास्तम्भ खोजीको कुरा मात्र  उठ्दै आएको  तर पिलर हराएको ५ हुँदासम्म यसको खोजी न चिनले गर्यो न त नेपालले नै ! यहि पिलर हराएको मौका छापी लिमीको लाप्चामा नेपाली भूमी अतिक्रमण गरी चिनियाँ पक्षले भवन निमाणको गरेको लिमीका स्थानीयबासिको दाबि छ ।

यसैको स्थलगत अध्ययनका लागि गएको नेपाली टोली बिना निष्कर्ष फकिएको छ । चिनियाँ पक्षले लाप्चा बगरमा नेपाली भूमि अतिक्रमण नगरेको र भवन निर्माण गरेको भूमी चिनिया भूमी भएको दाबी गरेको छ । नेपाली भूमि अतिक्रमण गरेर चिनिया पक्षले भवन निर्माण गरेको खबर आएलगत्तै हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीको नेतृत्वमा स्थलगत अध्ययनका लागि एक टोली सम्बन्धित स्थलमा पुगेको थियो ।

अनुगमन र बार्ताका लागि गएका टोलीलाई चिनियाँ पक्षले आफ्नै भूमि भएको दाबी गरेको छ । भवन निर्माण भएको स्थानमा पुगेको नेपाली टोलीलाई हाम्रो भूमीमा वर्ता गर्न मिल्दैन वर्ता गर्ने भए सिमानामा जाउ भनेर झपारेको स्थलगत अध्ययनका लागि गएको टोलीसँग लाप्चा पुगेका नाम्खा गाउपालिका अध्यक्ष बिष्णुबहादुर लामाले बताउनुभयाे ।

‘त्यो ठाउँबाट दायाँ एक घण्टाको दुरीमा रहेको १२ नम्बर पिल्लर हेर्ने हो भने भवन निर्मा गरेको भूमी हाम्रै हो । तर उनीहरूले बनाएकाे भवन स्थलदेखि नेपालतर्फको एक किलोमिटर भुभाग हाम्रो हो भनेर चिनियाँ पक्षले दाबी गरे,’ लामाले भन्नुभयाे, ‘अहिले  ११ नम्बरको पिल्लर भेटिएको छैन । ११ नम्बरको पिल्लर हराएकाले चिनियाँ पक्षले हाम्रो भूमी लिएको हो ।’

चिनियाँ पक्षले भवन बनाएकाे ठाउँमा पहिले आफूहरूले खर्क सार्ने गरेकाे नाम्खा ६ लिमिका वडा अध्यक्ष पाल्जोर तामाङले सुनाउनुभयाे । उहाँले भन्नुभयाे, ‘त्यो ठाउँमा हामीले पहिला खर्क सार्ने गर्थ्याै अहिले त छिर्न पनि दिँदैनन्, अब नेपाल सरकारले ११ नम्बरको पिल्लरको खोजी गर्नु पर्छ ।’

नाम्खा गाउँपालिका–६ लिमिको लालुङ्जोङमा रहेको स्थानमा चीनले आ.ब ०६९/७० मा एक तले ३ कोठे भवन बनाएको थियो । पछि नेपाली पक्षले नेपाली भुमीमा भवन बनाउन लागेकाे भन्दै विराेध गरेपछि उक्त भवन अहिलेसम्म प्रयोगमा नगरेको नाम्खा ६ लिमिका वडा अध्यक्ष पाल्जोर तामाङले बताउनुभयाे ।

अनुगमन गर्न लाप्चा पुगेको प्रमुख जिल्ला अधिकारी चिरन्जीवी गिरीसहितको टोलीलाई चिनियाँ पक्षले नक्सा देखाएर भवन बनाएको स्थान चीनकै भएको दाबी गरेको भएपनि उक्त भूमी नेपालकै भएको टोलीले बताएको छ ।

प्रजिअसहितको टोलीमा लाप्चा पुगेर सिमकोट फर्केका नाम्खा गाउँपालिकाका अध्यक्ष बिष्णु बहादुर लामाले हराएको भनिएको ११ नम्बर पिलर नभेट्दासम्म चीनको दावी स्वीकार गर्न नसकिने बताउनुभयाे । उहाँले भन्नुभयाे, ‘पहिले दुबै देश मिलेर हराएको पिलर खोज्नु पर्छ । अनि मात्र कस्को हो यकिन हुन्छ ।’

लिमीका स्थानियहरुले भने चिनियाँले भवन बनाएको क्षेत्र नेपालकै भएकाे दाबी गरेका छन् । उनीहरूले शक्तिको आडमा नेपालकाे भूमी अतिक्रमण भइरहेकाे बताएका छन् ।

लाप्चामा रहेको १२ नम्बर स्तम्भ नजिकै ललुङजोङमा चीनले संरचना निर्माण गरेपछि आइतबार नेपाली टोली बुझ्न त्यसतर्फ गएको थियो । टोलीमा नेपाली सेना, सशस्त्र, नेपाल प्रहरी र जनप्रतिनिधि सहभागी छन् । टोलीमा सहभागी नाम्खा गाउँपालिका अध्यक्ष विष्णुबहादुर लामाका अनुसार टोली आइतबार बिहान ११ बजे ललुङजोङ पुगेको थियो ।



प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment