कालापानीसहितको नेपाली भूमि समावेश पाठ्यपुस्तक वितरण प्रधानमन्त्रीले रोक्नुभयो : शिक्षामन्त्री

काठमाडौं, ६ जेठ । शिक्षामन्त्री गिरीराजमणि पोखरेलले कालापानीसहितको नेपालको भूमि समावेश पाठयपुस्तकको वितरण प्रधानमन्त्री केपी ओलीको निर्देशन अनुसार रोकिएको स्पष्ट पार्नुभएको छ ।

मन्त्रालयमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री पोखरेलले मन्त्रिपरिषद् बैठकमा नै प्रधानमन्त्री ओलीले पाठ्यपुस्तक बितरण रोक्न निर्देशन दिनुभएको जानकारी दिनुभएको हो ।

यससम्बन्धमा शिक्षामन्त्री, परराष्ट्रमन्त्री र भूमि सुधारमन्त्रीबीच छलफल गरेर रिर्पोट बुझाउन पनि प्रधानमन्त्रीले निर्देशन दिनुभएको उहाँले बताउनुभयो । यस बिषयमा चाँडै प्रधानमन्त्री ओलीसंग छलफल हुने र निष्कर्षमा पुगिने मन्त्री पोखरेलको भनाइ थियो ।



सरकारले नेपालको सीमा कालापानी सहितबारे उल्लेखित पुस्तक प्रकाशित गरेको थियो । तर, सो पुस्तकमा दुई देशको कूटनीतिक मर्यादालाई ख्याल गर्नुपर्ने भएकाले पुस्तक वितरण नगर्न निर्देशन दिइएको बताइएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment