इलाम माइखोलाबाट अवैध रुपमा उत्खनन् गरेर ल्याएको ५ ट्याक्टर वालुवा सहित नौ जना नियन्त्रणमा



इलाम, २५ भाद्रः इलामको माइखोलाबाट अवैध रुपमा उत्खनन् गरेर ल्याएको ५ ट्याक्टर बालुवा सहित उत्खनन्मा प्रयोगभएको सामन र ९ जनालाई प्रहरीले निन्त्रर्णमा लिएर इलाम नगरपालिकामा वुझाएको छ । 

बिहीबार दिउँसो माइखोलाबाट उत्खन्न गरेर ल्याएको वालुवा सहित इलामबजारबाट नियन्त्रणमा लिएर इलाम नगरपालिकामा वुझाएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी गराएको छ । ट्याक्टरहरु वसपार्कमा राखिएको छ भने उत्खनन्मा सम्लग्न ९ जनालाई इलाम नगरपालिकामा वुझाइएको छ । 

अहिले खोलाबाट बालुवा निकाल्न पाइदौन र निकाल्नेलाई कारवाहीको प्रक्रिया अगाडि वढाउने इलाम नगरपलिकाका प्रमुख महेश वस्नेतले वताउनभायाे । 







प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment