एकतप्पा सेवा समाज झापाले क्यान्सर पीडित विरबहादुर श्रेष्ठलाई ७५हजार ११० सहयोग


इलाम, २५ भाद्र ः  फाकफोकथुम  ७ खम्बुवा निबासी क्यान्सर पीडित ४४ वर्षीय वीर बहादुर श्रेष्ठलाई  एकतप्पा सेवा समाज झापाको अगुवाईमा उपचारको लागि संकलित रकम ५० हजार र  द.कोरियामा कार्यरत मनोज  बुडाथोकिको अगुवाईमा संकलित  रकम २५ हजार ११० गरि जम्मा रकम ७५ हजार ११० पीडित श्रेष्ठलाई समाजले सहयोग गरेको छ । 

एकतप्पा सेवा समाज, झापा अध्यक्ष डबल लिम्बुको नेतृत्वमा समाजका अन्य पदाधिकारी एब सदस्यहरुको उपस्थितिमा गाउँकै जेष्ठ नागरिक देबि प्रसाद गोदार (गोदार साहिला)को हातबाट पीडित श्रेष्ठ र उनकि बहिनी दिल कुमारी श्रेष्ठलाइ हस्तान्तरण गरिएको हो । क्यान्सर पिडित विरबहादुर श्रेष्ठको पुर्बान्चल क्यासर अस्पताल बिर्तामोडमा उपचार भैरहेको एकतप्पा समाज उपाध्यक्ष राम श्रेष्ठले जानकारी गराउनु भएको छ । यस अघि योङहाङ सेवा समाजका अध्यक्ष पंचबहादुर योङहाङको नेतृत्व  १ लाख ५५ हजार  र युवा अभियान्ता विव्लप थापाको नेतृत्वमा ५२ हजर २२ सहयोग रकम संकलन गरेर श्रेष्ठलाइ सहयोग गरिएको थियो ।


पीडित श्रेष्ठको उपचारको निम्ति द.कोरियाबाट २५,१०० सहयोग गर्नेहरुमा कोरिया मुद्रा मनोज बुढाथोकी ३०,०००, परमेश्वोर रिजाल १६,०००, श्याम जि.१०,०००, धन कु.कुरुन्बाङ २०,०००, रेशम बुढाथोकी २०,०००, लुक्क लामा २०,०००, बलिन्द्र लिम्बु २०,०००, उदय राई २०,०००, लक्ष्मन राई २०,०००, सुदिप राई २०,०००, अनुप जिसि २०,०००, सुबास गुरुङ २०,०००, सुरज गुरुङ २०,००० कोरियन वन  रहेका छ्न् । 

एकतप्पा सेवा समाज, झापाले सहयोग गर्ने कोरियामा रहेका दाता एवं नेपालमा रहेर सहयोग उपलब्ध गराउने प्रति धन्यवाद ब्यत्त गर्दै निरन्तर साथ सहयोग र समन्वयको निम्ति समेत आग्रह गरेको छ । यो भन्दा अघि समाजले फाकफोकथुम-७ एकतप्पा रुपटारकि टिका बुढाथोकिला ५० हजार र फाकफोकथुम-६ एकतप्पा सिकारिभन्याङ्कि जमुना श्रेष्ठलाइ २५ हजार सहयोग गरिएको समाजका उपाध्यक्ष रामकुमार श्रेष्ठले जानकारी गराएका छ्न् । अब चाडै जमुनालाइ पुन: २५ हजार सहयोग गर्ने समाजले बताएको छ । एकतप्पा सेवा समाज झापाले क्यान्सर लगायत प्राण घातक रोगको उपचारको निम्ति गाउँलेहरुलाइ सहयोग गर्दै आएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment