सीपीएल लिगको उपाधि ट्रिनबागो नाइट राइडसले जित्यो

एजेन्सी , २६ भदौ । ट्रिनबागो नाइट राइडर्सले क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी–ट्वान्टी क्रिकेटको उपाधि हात पारेकाे  छ ।

बिहीबार भएको फाइनलमा सेन्ट लुसिया जोउक्सलाई ८ विकेटले पराजित गर्दै ट्रिनबागोले अपराजित रहदैँ च्याम्पियन बनेको हो । ब्रायन लारा क्रिकेट स्टेडियममा सेन्ट लुसियाले दिएको १ सय ५५ रनको लक्ष्य ट्रिनबागोले १८ ओभर १ बलमा मात्र २ विकेट गुमाएर पुरा गरेको थियो ।

ट्रिनबागोको जितमा लेन्डेल सिमोन्सले अविजित रहदै ८४ रन बनाए । त्यस्तै डरेन ब्राभोले पनि अविजित रहदै ५८ रनको आर्शशतकीय पारी खेले । टस हारेर पहिले ब्याटिङ गरेको सेन्ट लुसियाले १९ ओभर १ बलमा अलआउट हुँदै १ सय ५४ रन बनाएको थियो ।

जसका लागि सेन्ट लुसियाका आन्द्रे फलेट्चरले ३९ रन जोड्दा मार्क डियालले २९ रन जोडे । त्यस्तै नाजिबउल्लाह जाड्रनले २४ र रोस्टन चेसले २२ रन बनाएका थिए । यस अघि ट्रिनबागोले सेमिफाइनलमा जमैका तलाबाजलाई हराएको थियो । योसँगै ट्रिनबागा तेस्रो पटक सीपीएलको उपाधि जितेको हो ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment