इलामको मंगलबारे बजारमा पहिलो चरणको निःशुल्क खाद्य सामग्री बितरण

  • बिमल अधिकारी 

मंगलबारे, ४ असोजः देउमाइ नगरपालिकाको मङलबारे बजारमा निःशुल्क खाद्य सामग्री बितरण गरिएको छ । २५ परिवारलाई राहत वितरण गर्दै 
पहिलो चरणको राहत वितरण कार्यक्रम सफलता पुर्वक सम्पन्न भएको हो । राहत प्याकेजमा१० किलो चामल, आधा लिटर तेल, एक किलो दाल, एक किलो नुन, एक किलो चिनी र दुइ प्याकेट चाउचाउ उपलब्ध गराईएको अभियान्ता आशिष खनालले बताए। आगामी कार्यक्रम देउमाइ नगरपालिका ५,  धुसेनीमा गरिने बताइएको छ। 
कोरोनाको महामारिले निम्त्याएको आर्थिक संकटलाई मध्यनजर गर्दै नगरका केहि युवाहरुको सकृयतामा आय श्रोत नभएका अति  बिपन्न परिवारलाई  खाद्यसामग्री निःशुल्क वितरण गर्ने कार्यक्रमको आयोजना गरिएको हो। हुनेले दिएर जानुहोस्, नहुनेले लिएर जानुहोस्ू भन्ने मूल नाराका साथ बिशुद्ध मानवता र समाजसेवाको भवना बोकी यस्तो कार्यक्रम तय गरिएको अभियान्ता आशिष खनालले बताए। त्यस्तै सकेको सहयोग गर्दै यो सूचना  घर,  छर छिमेकमा पुर्याइदिन समेत  अभियान्ता हरुले अनुरोध गरेका छन।
ूजसले मानवतामा विश्वास राख्दछ ू आयोजकको नाम दिएर शुरु गरिएको यो अभियानमा सहयोग स्वरुप खाद्यान्न मात्रै लिने पैसा नलिने समेत बताइएको छ।


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment