मोरङमा पोखरीमा डुवेर एकै परिवारका तीन जनाको मृत्यु


विराटनगर ५ असोज ।
 मोरङको ग्रामथान गाँउपालिका ४ मा माछा पोखरीमा डुवेर एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।
छोरीहरु पोखरीमा डुवे पछि उद्धार गर्न गएकी आमाको पनि पोखरीमा डुवेर मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक ऋषिराज ढकालले जानकारी दिनु भयो ।
उहाँले ग्रामथान बनसखण्डीकी ३५ बर्षीया सीता अधिकारी , उनका १३ बर्षीय छोरी पवित्रा र ९ बर्षीया छोरी कृतिकाको मृत्यु भएको हो ।


आइतबार दिउसो माछापाल्ने पोखरीमा छोरीहरु डुवेका थिए उनीहरुलाई बचाउने क्रममा आमाको पनि डुवेर मृत्यु भएको प्रह्री अनुसन्धानमा खुलेको छ ।
माछालाई चारो हाल्न गएको बेला छोरीहरु पौडिखेल्न भन्दै पोखरीमा पसेका थिए । कान्छी छोरी कृतिका सुरुमा पसेको र उनलाई निकाल्न दिदी पवित्रा पोखरीमा पसेकी थिइन ।
दुवै छोरी ननिस्के पछि आमा पोखरीमा पसेकी र पोखरी गहिरो भएका कारण वाहिर निस्कन नसकेर तीनै जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे जानकारी पाएपछि प्रहरी घटना स्थलमा पुगेर मृतकको शव निकालेको थियो ।
सीताका श्रीमान ९ बर्षदेखि सम्पर्कविहिन भएपछि दुइ छोरी सहित माइत बस्दै आएकि थिइन । तीनै जनाको शव पोष्टमार्टमको लागि कोशी अस्पताल ल्याइएको प्रहरी जनाएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment