अत्याधिक ज्वरो आएपछि कांग्रेस महामन्त्री शशांक कोइराला अस्पताल भर्ना


काठमाडौँ, ३१ भदौ ।
 कोरोना संक्रमणका कारण होम आइसोलेजनमा बसेका नेपाली कांग्रेसका महामन्त्री डाक्टर शशांक कोइराला अस्पताल भर्ना भएका छन् ।
गत भदौ २३ गते कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमै बसिरहेका कोइराला आज बिहान चाबहिलस्थित ओम अस्पताल भर्ना गरिएको कोइरालाका स्वकीय सचिव भरत तिवारीले जानकारी दिए । उनका अनुसार कोइरालाई अत्याधिक ज्वरो आएपछि अस्पताल लगिएको हो ।
हाल उनलाईआइसियुमा राखेर उपचार गरिहेको र ज्वरो कम भएको छ।


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment