सिन्धुपाल्चोकमा पहिरोले फेरि १८ घर पुरिए, घरका सबै बेपत्ता

सिन्धुपाल्चोक, २८ भदौ । सिन्धुपाल्चोकमा बाढी-पहिरोको फेरि अर्को विपत्ति आइलागेको छ । गए राती पाउने तीन बजे गएकाे भीषण पहिरोले जिल्लाको बाह्रबिसे नगरपालिकाका नागपुजे, भिरखर्क र चाङसार भन्ने स्थानमा १८ घर बगाएको छ ।  ती घरका सबै बेपत्ता भएका छन् ।

भीरखर्कका १० र नाग पुच्छेका ८ घर तथा किम्बे गाउँ पहिरोले बगाएको इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक नवराज न्यौपानेले जानकारी दिनुभएको छ । थप विवरण आउन बाँकी छ ।

ठाडो खहरे खोलाको बाढीसँगै पहिरो गएको स्थानीय श्याम गोलेले बताउनुभयो । अहिले घटनास्थलमा प्रहरी जाँदै छ । स्थानीय खोजी कार्यमा जुटेका छन् ।

सिन्धुपाल्चोकमा गत साउन ३० गतेयता पटकपटक बाढी र पहिरो आउँदा ठूलो मानवीय क्षति भएको छ । गत साउन ३० गते बिहान जुगल गाउँपालिका–२ लिदीमा गएको पहिरोमा पुरिएर ३७ जनाको मृत्यु भएको थियो । दुईजना अझै बेपत्ता छन् ।



प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment