प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४१९ संक्रमित थपिए

विराटनगर, २७ असोज । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४ सय १९ जना कोरोना संक्रमित थपिएका छन् भने १९ जना डिस्चार्ज भएका छन् ।

सुनसरीमा ३ सय ४४, मोरगमा ५६, झापामा ७, उदयपुरमा ६, संखुवासभामा ३, भोजपुर, पाँचथर र प्रदेश १ बाहिरका १–१ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सुनसरीको धरानमा २ सय ११ जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएकामा ८१ महिला र १ सय ३० पुरुष छन् । सुनसरीकै इटहरीमा १ सय १९ र इनरुवामा १४ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

मोरगको विराटनगरमा ३१, रतुवामाईमा १२, बुढीगंगामा ७, कटहरीमा २, सुन्दरहरैचा, मिक्लाजुङ, धनपालथान र लेटाङमा १–१, झापाको दमकमा ५, विर्तामोड र गौरादहमा १–१, उदयपुरको बेलकामा ३, रौतामाईमा २ र स्थानीय तह नखुलेका १, संखुवासभाको खाँदबारीमा १, स्थानीय तह नखुलेका २ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

भोजपुरको पडानन्द, पाँचथरको कुम्बायक र प्रदेश १ बाहिरका १ जनाको रिपोर्ट पोजेटिभ आएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ११ हजार १७० पुगेको छ ।

प्रदेश १ मा मंगलबार १ हजार २ सय ३६ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १ सय ५५ महिला र २ सय ६४ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । हालसम्म १ लाख ३९ हजार ९ सय २८ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment