प्रदेश १ मा एक सय ९७ जना नयाँ संक्रमित थपिए, एक सय ६६ द्वारा स्वास्थ्यलाभ

 विराटनगर, १६ असोज । प्रदेश १ मा आज १ सय ९७ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिले सम्मकै उच्च हो ।

मोरङमा १४६, सुनसरीमा २३, झापामा २१, तेह्रथुममा २ र प्रदेश १ बाहिर ५ जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको हो ।

मन्त्रालयका अनुसार विराटनगरमा १ सय २३ जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएकामा ४७ जना महिला र ७६ जना पुरुष छन् । मोरङको सुन्दरहरैचामा ४ महिला ५ पुरुष, पथरीशनिश्चरेमा २ महिला ७ पुरुष, रंगेलीमा १ महिला २ पुरुष, कटहरी र बुढीगंगामा १–१ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।

उता सुनरीको इटहरीमा २ महिला ७ पुरुष, धरानमा २ महिला ३ पुरुष, दुहवीमा ३ पुरुष, हरिनगरमा २ पुरुष, गढी र रामधुनीमा १–१ पुरुष, स्थानीय तह नखुलेका २ पुरुष, झापाको मेचीनगरमा ४ महिला ९ पुरुष, भद्रपुरमा २ महिला २ पुरुष, कनकाईमा २, दमक र विर्तामोडमा १–१ पुरुष, तेर्हथुमको छथरमा १ महिला स्थानीय तह नखुलेका १ पूरुष र प्रदेश १ बाहिरमा ५ पुरुषमा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७ हजार १७७ पुगेको छ । प्रदेश १ मा आज १ सय ६६ जना डिस्चार्ज भएका छन् । होम आइसोलेसनबाट १५५, विराट मेडिकल कलेजबाट ८, न्यूरो अस्पतालबाट ३ जना डिस्चार्ज भएका हुन् ।

हालसम्म ३ हजार ४३८ जना डिस्चार्ज भइसकेका छन् । प्रदेश १ मा आज ९५८ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ६५ महिला र १३२ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।

हालसम्म १ लाख २५ हजार ६८१ जनाको पीसीआर परीक्षण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

न्युज२४ नेपालबाट साभार गरिएकाे


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment