संक्रमितको बढ्दो दरमा उही रफ्तार, शनिबार पुनः २ हजार १ सय २० संक्रमित थपिए

काठमाडौं, १७ असोज । मुलुकमा थप २ हजार १ सय २० जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा २ हजार १ सय २० संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या ८४ हजार ५ सय ७० पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रदेशको १ को उदयपुरमा ७ जना, ओखलढु्ंगामा ४ जना, खोटाङमा ५ जना, झापामा ९ जना, धनकुटामा १ जना, मोरङमा १ सय ११ जना, संखुवासभामा ३ जना, सुसरीमा १ सय २२ जनामा संक्रमण देखिएको छ ।यस्तै, प्रदेश २ को धनुषामा १३ जना, पर्सामा १८ जना, बारामा २५ जना, महोत्तरीमा ५ जना, रौतहटमा ८२ जना, सप्तरीमा १९ जना, सर्लाहीमा ५ जना र सिरहामा ८ जनामा संक्रमण पुष्टि भएको छ ।
यता, वागमती प्रदेशको काठमाडौंमा १ हजार १ जना, काभ्रेमा १४ जना, चितवनमा ७५ जना, दोलखामा ४ जना, धादिङमा ८ जना, नुवाकोटमा ८ जना, मकवानपुरमा १२ जना, रामेछापमा ६ जना, सिन्धुपाल्चोकमा २ जना, सिन्धुलीमा ६ जना, ललितपुरमा १ सय ९ जना र भक्तपुरमा ६७ जनामा संक्रमण देखिएको छ ।
यस्तै, गण्डकी प्रदेशको कास्कीमा २२ जना, गोरखामा ६ जना, तनहुँमा १० जना, नवलपरासी पूर्वमा ८ जना, पर्वतमा १ जना, लमजुङमा ३ जना, वागलुङमा १ जना र स्याङजामा २ जनामा संक्रमण देखिएको छ ।
यता, प्रदेश ५को अर्घाखाँचीमा २ जना, कपिलवस्तुमा ६ जना, गुल्मीमा २ जना, दाङमा ४ जना, नवलपरासीमा ६ जना, पाल्पामा ७ जना, बर्दियामा १० जना, बाँकेमा १९ जना, रुपन्देहीमा ९८ जना र रोल्पामा १ जनामा संक्रमण देखिएको छ ।
यस्तै, कर्णाली प्रदेशको कालिकोटमा १ जना, दैलेखमा ९ जना, सुर्खेतमा ४३ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै, सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा ५ जना, कैलालीमा ९३ जना, डडेल्धुरामा २ जना, दार्चुलामा १ जना, बझाङमा १ जना र बाजुरामा १ जनामा जनामा संक्रमण देखिएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment