तत्कालको समयमा काठमाडौं उपत्यकामा नआउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे आग्रह

काठमाडौं, १७ असोज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तत्कालको समयमा काठमाडौं उपत्यकामा नआउन सर्वसाधरणमा अपिल गरेको छ । पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोना संक्रमणको दर अधिक रहेको भन्दै मन्त्रालयले काठमाडौं नआउन सूचित गरेको हो ।

आज मुलुकभरको कोरोना संक्रमितको संख्यामा आधाभन्दा बढी काठमाडौं उपत्यकाका संक्रमित आधाभन्दा बढी छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले काठमाडौं भर्सक नआउन र आउनै परे सम्पूर्ण स्वास्थ्य मापदण्ड पूरा गरेर मात्र आउन आग्रह गर्नुभयो ।



प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment