भौतिक पूर्वाधार मन्त्री बसन्त नेम्बाङलाई कोरोना संक्रमण

               


भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङलाई पनि कोरोना संक्रमण भएको छ ।सोमबार गरिएको पीसीआर परीक्षणमा कोरोना संक्रमण भएपछि मन्त्री नेम्बाङ होम आइसोलेसनमा बसेको प्रेस संयोजक सन्दीप राईले जानकारी दिए ।

मन्त्री नेम्वाङले पनि सामाजिक सञ्जाल फेसबुकमार्फत आफू कोभिड – १९ पोजेटिभ भएकोले आफूसँग सम्पर्कमा रहेका सबैलाई होसियारी अपनाउन अपिल गरेका छन् ।

यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई र शिक्षा तथा विज्ञान प्रविधि मन्त्री गिरिराजमणि पोखरेललाई कोरोना संक्रमण भएको थियो ।

प्रतिकृया दिनुहोस्

About sanjita

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment