विराटनगरमा अस्पताल सञ्चालकसहित थप ४ संक्रमितको मृत्यु

विराटनगर, ३ कार्तिक । आइतबार बिहानदेखि सोमबार बिहानसम्म कोरोना संक्रमणका कारण विराटनगरमा थप चार जनाको मृत्यु भएको छ ।

न्युरो अस्पताल विराटनगरमा अस्पताल सञ्चालकसहित नोबेल मेडिकल कलेजमा दुई जना, कोशी अस्पताल कोभिड- १९ उपचार केन्द्र विराटनगर र न्यूरो अस्पतालको कोभिड- १९ अस्पतालमा एक एक जनाको मृत्यु भएको हो ।

न्युरो अस्पतालमा उपचार गराइरहेका मोरङको पथरीशनिश्चरे नगरपालिका– १ का ५३ वर्षीय पुरुषको सोमबार बिहान ३ बजे मृत्यु भएको अस्पतालका फोकल पर्सन अजित बस्नेतले जानकारी दिनुभयो ।

मृतक पुरुष पथरी संचालित मोरङ हस्पिटल प्रालिका सञ्चालक हुन् । उनलाई २२ गते पोजेटिभ देखिएको थियो । उनको भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो, मृगौलाको समस्या भएको उनको उपचारकै क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।

नोबेल मेडिकल कलेजमा विराटनगर महानगरपालिका- ३ का ६६ वर्षका पुरुषको आइतबार राति ११ बजे मृत्यु भएको थियो । यसैगरी मोरङको ग्रामथान गाउँपालिका- ४ का ६६ वर्षका पुरुषको सोमबार बिहान मृत्यु भएको हो । उनको २९ गते कोरोना पुष्टि भएको थियो भने विराटनगरका पुरुषको २७ गते पोजेटिभ भएको थियो

कोरोना पुष्टि भएपछि विराटनगरका पुरुष होम आइसोलेसनमा थिए । श्वासप्रश्वासमा समस्या भएपछि वृद्धलाई थप उपचारका लागि आइतबार नोबेलको आइसोलेसनमा भर्ना गरिएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको सो अस्पतालले जनाएको छ ।

विराटनगर- २ की ६० वर्षकी संक्रमित महिलाको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा उपचाररतकै क्रममा सोमबार बिहान मृत्यु भएको कोभिड उपचार केन्द्रले जनाएको छ । शव व्यवस्थापन नेपाली सेनाले गर्ने बताइएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment