इलामका स्वास्थ्य संस्थाहरु कोरोना संक्रमणको हटस्पोट बन्दै, थप ५ जनामा संक्रमण पुष्टी


इलाम, २ कातिकः इलामका स्वास्थ्य कार्यालयहरु कोरोना संक्रमणको हटस्पोट बन्दै गएका छन् । इलाममा दिनानुदिन स्वास्थ्य संस्थाहरुमा कोरोना संक्रमितहरु भेटीन थालेका छन् । इलाममा आज मात्र पनि ५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । इलाम नगरपालिकामा रहेको स्वास्थ्य कार्यालयका २ कर्मचारी र इलाम अस्पतालका एक कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको हो भने एक जना कर्मचरीको परिवारमा कोरोना पुष्टी भएको छ । आजै इलामको माईजोगमाई गाउँपालिकाको क्वारेन्टाइनमा पनि एक जनामा कोरोना संक्रमण पुष्टी भएको छ । इलाममा हाल सम्म १०८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ भने एक जनाको कोरोना संक्रमणको कारण मृत्यु समेत भई सकेको छ । 




प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment