चीनमा कोरोनाको अर्को रहस्य : निको भएको दुई महिनापछि एक महिलाको आँखामा कोरोना देखियो

एजेन्सी, २५ असोज । चीनमा कोरोनाको अर्को रहस्य बाहिरिएको छ ।

एक चिनियाँ महिलामा कोरोना संक्रमण भएको दुई महिनापछि फेरि आँखामा संक्रमण भएको जनाइएको छ । एक ६५ वर्षीया महिलामा यस्तो घटना घटेको पाइएपछि यसबारे अनुसन्धान भइरहेको छ । त्यसपछि कोरोनाबाट अझै धेरै सतर्क हनुपर्ने चिनियाँ स्वास्थ्यकर्मीले चेतावनी दिएका छन्।

जनवरीमा संक्रमित भएकी ती महिलाको फोक्सोमा मात्र समस्या देखिएको थियो। एक महिनापछि रिपोर्ट नेगेटिभ आएपछि उनलाई डिस्चार्ज गरियो। तर डिस्चार्ज भएको ८ दिनपछि उनको आँखामा समस्या भएको बताइएको छ।

महिलाको आँखामा समस्या बढ्दै गएपछि उनलाई पुनः अस्पताल भर्ना गरिएको थियो। उनको आँखामा ‘ग्लुकोमा आक्रमण’ भएको पाइएको डाक्टरहरुले बताएका थिए। सुरुमा औषधि सेवन गराई दुखाई कम गर्ने प्रयास गरे पनि दुखाई कम नभएपछि अन्त्यमा डाक्टरहरुले उनको आँखाको शल्यक्रिया गरेका थिए।

शल्यक्रियाका क्रममा महिलाको आँखाबाट लिइएको स्वाब परीक्षणका क्रममा उनका कोरोना पुष्टि भएको जनाइएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment