
एक साताअघि काेराेना परिक्षणका लागि उहाँकाे स्वाब संकलन गरिएकाे स्वास्थ्य कार्यालय धनकुटाले जानकारी दिएकाे छ । मृतक महिलाका पति ६७ वर्षीय पुरुषलाई पनि कोरोना संक्रमण भएको छ । मृतकका पतिकाे धनकुटाको आइसोलेसनमा उपचार भइरहेको छ ।धनकुटामा हालसम्म ६० जनामा कोरोना संक्रमण भएको छ भने ४५ जना उपचारपछि घर फर्कि सकेकाे स्वास्थ्य कार्यालय धनकुटाका प्रमुख तुलसि प्रसाद गुराँगाईले जानकारी दिनुभयाे ।
धनकुटामा सबै संक्रमितहरुको उपचार भएपछि केही दिनअघि संक्रमण शून्यमा झरेको थियो । तर अब भने धनकुटेलीहरूमा त्रास फैलिएकाे छ ।
0 comments:
Post a Comment