मध्यरातमा ८ बुँदे सहमति, डा केसीले आज अनशन तोड्दै, इलाममा पनि मेडिकल कलेज

काठमााडौं, २५ असाेज ।  अनशनरत डा. गोविन्द केसी र सरकारबीच मध्यरातमा ८ बुँदे सहमति भएको छ । यससँगै डा केसीले आज (आइतबार) अनशन ताेड्नुहुने भएकाे छ । सहमतिअनुसार २८ दिनदेखि अनशनरत डाक्टर केसीले आज बिहान साढे ९ बजे अनशन तोड्दै हुनुहुन्छ  ।

शनिबार सरकारी वार्ता टोलीले प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षामन्त्री गिरिराजमणि पोखरेलसँग छलफल गरेर डा केसीसँगै ठाेस वार्ता गरेपछि सहमति जुटेको बताइएकाे छ । यसअघि बिहीबार र शुक्रबारका वार्ता विनानिष्कर्ष टुंगिएका थिए । सरकारले डा केसीसँग वार्ता गर्न बुधबार तीन सदस्यीय टाेली गठन गरेकाे थियाे भने डाक्टर केसी पक्षले पनि वार्ता टोली गठन गरेकाे थियाे ।

२७ दिनदेखि आमरण अनसनमा बसेका डा. केसी र सरकारी पक्षबीच शनिबार मध्यरातमा तेस्राेपटककाे वार्तामार्फ सहमति जुटेकाे हाे । सहमतिपत्रमा सरकारी वार्ता टोलीका संयोजक गोपीनाथ मैनाली र डा.केसीले हस्ताक्षर गर्नुभएकाे छ ।


सहमतिमा उल्लेख भएको बुँदाहरुको कार्यान्वयन नेपाल सरकारका सम्बन्धित निकाय तथा अन्य सम्बद्ध निकायहरुले गर्ने सहमति भएको छ । त्यस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आगामी वर्षबाट एमबीबीएस कार्यक्रम सञ्चालन गर्ने सहमति भएको छ ।

यसैगरी विश्वविद्यालय र प्रतिष्ठानहरुमा पदाधिकारी नियुक्ति निश्पक्ष र पारदर्शी बनाउन उच्च शिक्षासम्बन्धी विधेयक र एकीकृत स्वास्थ्य शिक्षा प्रतिष्ठानसन्बन्धी विधेयकमा समेट्न तीन साताभित्र मस्यौदा बनाउने र कानूनी व्यवस्था नहुँदासम् वरिष्ठता र कार्यक्षमताका आधारमा गर्ने सहमति भएको छ । साथै चिकित्सा शिक्षा ऐन संशोधनका लागि चिकित्सा शिक्षा आयोगले गठन गरेको कार्यदलको क्षेत्राधिकारमा डा. केसीबीच २०७५ साउन १०लाई पनि राख्ने सहमतिमा उल्लेख छ ।

वार्ताटाेलीमा सरकारका तर्फबाट शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव मैनालीसहित स्वास्थ्य मन्त्रालयका सहसचिव डा. गुणराज लोहनी र चिकित्सा शिक्षा आयोगका निर्देशक दिलीप शर्मा हुनुहुन्थ्याे । डाक्टर केसीका तर्फबाट डाक्टर जीवन क्षेत्री र अधिवक्ता ओमप्रकाश अर्यालसहित चार जना सहभागी हुनुहुन्थ्याे ।

पूर्णपाठ-

 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment