काठमाडौं उपत्यकामा २२ सय ८३ संक्रमित थपिए, कुल संक्रमितको संख्या ४४ हजार नाघ्यो

काठमाडौं, २६ असोज । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप २ हजार २ सय ८३ संक्रमित फेला परेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ हजार २ सय ८३ संक्रमित थपिएका हुन् ।

जसमध्ये काठमाडौंमा मात्र १ हजार ८ सय ८८ जना संक्रमित थपिएका छन् भने ललितपुरमा २ सय ७७ जना संक्रमित थपिएका छन् । यस्तै भक्तपुरमा १ सय १८ जना संक्रमित देखिएका छन् ।

योसंगै काठमाडौ उपत्यकामा संक्रमितको कुल संख्या ४४ हजार १ सय ७१ पुगेको छ । काठमाडौंमा ३५ हजार ३ सय ६६ जना, ललितपुरमा ५ हजार ३५ , भक्तपुरमा ३ हजार ५ सय जना संक्रमित थपिएका छन् ।



प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment