संक्रमितको संख्यामा पुनः उछाल, एकैदिन ४ हजार ४७ जनामा संक्रमणको पुष्टि

काठमाडौं, २६ असोज । मुलुकमा थप ४ हजार ४७ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ४ हजार ४७ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या १ लाख ११ हजार ८ सय २ पुगेको छ ।

प्रदेश १ को इलाममा ५ जना, उदयपुर, ओखलढुंगा, पाँचथर र खोटाङमा २÷२ जना, झापामा ७१ जना, तेह्रथुम, धनकुटा, भोजपुर, संखुवासभा र सोलुखुम्बुमा १÷१ जना, मोरङमा २ सय २३ जना र सुनसरीमा २ सय ४९ जनामा संक्रमण देखिएको छ ।

यस्तै, प्रदेश २ को धनुषामा २५ जना, पर्सामा १७ जना, बारामा ११ जना, महोत्तरीमा ८ जना, रौतहटमा १३ जना, सप्तरीमा २१ जना, सर्लाहीमा ८ जना र सिरहामा ११ जनामा भाइरस पुष्टि भएको छ ।

यता, वागमती प्रदेशको काठमाडौंमा १ हजार ८ सय ८८ जना, काभ्रेमा ९० जना, चितवनमा ७७ जना, दोलखामा ७ जना, धादिङमा१२ जना, नुवाकोटमा ११ जना, मकवानपुरमा ७५ जना, रामेछापमा १४ जना, भक्तपुरमा १ सय १८ जना, ललितपुरमा २ सय ७७ जना, सिन्धुपाल्चोकमा २५ जना र सिन्धुलीमा १ जनामा संक्रमण देखिएको छ ।

यस्तै, गण्डकी प्रदेशको कास्कीमा ७६ जना, तनँहुमा ३७ जना, गोरखामा ३ जना, नवलपरासी पूर्वमा ६५ जना, लमजुङमा २१ जना, वागलुङमा ८ जना, मुस्ताङमा १ जना, म्याग्दीमा १ जना र स्याङजामा ११ जनामा संक्रमण देखिएको छ ।

यता, लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ८ जना, कपिलवस्तुमा ८ जना, गुल्मीमा १० जना, दाङमा १३ जना, पाल्पामा १४ जना, प्यूठानमा २६ जना, बर्दियामा २६ जना, नवलपरासीमा २४ जना, बाँकेमा ४५ जना, रुपन्देहीमा १ सय २५ जना र रोल्पामा २ जनामा संक्रमण देखिएको छ ।

यता, कर्णाली प्रदेशको जुम्लामा ९ जना, दैलेखमा १३ जना, सल्यानमा ३ जना, हुम्लामा ४ जना र सुर्खेतमा १ सय १ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै, सुदूरपश्चिम प्रदेशको अछाममा ३ जना, कञ्चनपुरमा १८ जना, कैलालीमा ६५ जना, डडेल्धुरामा ६ जना, डोटीमा १ जना, दार्चुलामा ६ जना, बाजुरमा १ जना, बझाङमा ४ जना, बैतडीमा १२ जनामा संक्रमण देखिएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment