काठमाडौं उपत्यकामा संक्रमणको दर निरन्तर बढ्दै, थप २ हजार ६ सय ७२ संक्रमित फेला

काठमाडौं, २४ असोज ।काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप २ हजार ६ सय ७२ संक्रमित फेला परेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ हजार ६ सय ७२ संक्रमित थपिएका हुन् ।

जसमध्ये काठमाडौंमा मात्र २ हजार १ सय जना संक्रमित थपिएका छन् भने ललितपुरमा ३ सय ६९ जना संक्रमित देखिएका छन्, भने भक्तपुरमा २ सय ३ जना संक्रमित थपिएका छन् ।

योसंगै काठमाडौ उपत्यकामा संक्रमितको कुल संख्या ४० हजार ४ सय ७२ पुगेको छ । काठमाडौंमा ३२ हजार ६ सय ३ जना, ललितपुरमा ४ हजार ५ सय ९७, भक्तपुरमा ३ हजार २ सय ७२ जना संक्रमित थपिएका छन् ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment