विराटनरमा दुई कोरोना संक्रमितको मृत्यु

विराटनगर २४ असोज । शनिवार विराट मेडिकल कलेज र न्यूरो अस्पताल विराटनरमा दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । विराट मेडिकल कलेजको आइसोलेनमा उपचार गराइरहेकी सुनसरी इटहरी उपमहानगरपालिका ५ की ६४ बर्षकी महिलाको मृत्यु भएको अस्पतालले जनाएको छ । असोज १५ गते अस्पताल भर्ना भएकी संक्रमित महिलाको शनिवार मृत्यु भएको हो ।

न्यूरो अस्पताललमा पनि मोरङ पथरी शनिश्चरे नगरपालिका ६ की ९२ बर्षकी महिलाको मृत्यु भएको सो अस्पतालले जनाएको छ । असोज १८ गते कोरोना संक्रमण देखिएपछि अस्पतालमा उपतार गराइरहेकी उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।

शुक्रबार राति नोबेल मेडिकल कलेजमा उपचार गराईरहेकी विराटनगर महानगरपालिका १२ की महिलाको पनि मृत्यु भएको नोबेल अस्पतालले जनाएको छ । पछिल्लो २४ घण्टामा प्रदेश १ मा तीनजानाको मृत्यु भएको सामाजिक विकास मंत्रालयले जनाएको यो संगै प्रदेश १ मा मृत्यु हुनेको संख्या ९६ पुगेको छ भने १५ जना प्रदेश बाहीरका रहेका छन् ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment