संक्रमितको कुल संख्या १ लाख ५ हजार नाघ्यो, शनिबार ५ हजार ८ संक्रमित थपिए

काठमाडौं, २४ असोज । नेपालमा अहिलेसम्मकै सबैभन्दा धेरै कोरोना भाइरसका संक्रमित फेला परेका छन् ।

पछिल्लो २४ घण्टामा १९ हजार ३ सय २० जनामा गरिएको परीक्षणबाट ५ हजार ८ जनामा संक्रमण देखिएको हो । यो अहिलेसम्मकै गरिएको सबैभन्दा धेरै परीक्षणबाट फेला परेका संक्रमितको सबैभन्दा बढी उच्च संख्या पनि हो । आजसम्मको तथ्यांक अनुसार संक्रमित हुनेको संख्या १ लाख ५ हजार ६ सय ८४ पुगेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार प्रदेश १ को इलाममा ४ जना, उदयपुरमा ६ जना, ओखलढुंगामा ५ जना, खोटाङमा ३ जना, झापामा ४८ जना, ताप्लेजुङमा १ जना, तेह्रथुममा १ जना, धनकुटामा ११ जना, भोजपुरमा ३ जना, मोरङमा ३६९ जना, संखुवासभामा ९ जना र सुनसरीमा ३ सय ९४ जनामा जनामा संक्रमण देखिएको छ ।

यस्तै, प्रदेश २ को धनुषामा ११ जना, पर्सामा ३६ जना, बारामा १० जना, महोत्तरीमा ११ जना, रौतहटमा १७ जना, सप्तरीमा ६ जना, सर्लाहीमा १९ जना र सिरहामा १८ जनामा भाइरस पुष्टि भएको छ ।

यता, वागमती प्रदेशको काठमाडौंमा २ हजार १ सय जना, काभ्रेमा ३५ जना, चितवनमा १ सय ४७ जना, दोलखामा ८ जना, धादिङमा ३८ जना, नुवाकोटमा ४० जना, मकवानपुरमा ५४ जना, रामेछापमा ५ जना, भक्तपुरमा २ सय ३ जना, ललितपुरमा ३ सय ६९ जना, सिन्धुलीमा ४८ जना र सिन्धुपाल्चोकमा ६ जनामा संक्रमण देखिएको छ ।

यस्तै, गण्डकी प्रदेशको कास्कीमा ५१ जना, तनँहुमा ५५ जना, गोरखामा २५ जना, नवलपरासी पूर्वमा ३६ जना, लमजुङमा २ जना, वागलुङमा १२ जना र स्याङजामा ७ जनामा संक्रमण देखिएको छ ।

यता, लुम्बिनी प्रदेशको अर्घाखाँचीमा १५ जना, कपिलवस्तुमा १० जना, गुल्मीमा ७ जना, दाङमा ९३ जना, पाल्पामा ३७ जना, प्युठानमा ४२ जना, बर्दियामा ६ जना, बाँकेमा ४५ जना, रुपन्देहीमा २ सय १५ जना र रोल्पामा ५ जनामा संक्रमण देखिएको छ ।

यता, कर्णाली प्रदेशको कालिकोटमा १ जना, जुम्लामा ८ जना, दैलेखमा १० जना, रुकुम पश्चिममा ११ जना, सल्यानमा १२ जना र सुर्खेतमा १ सय ३४ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै, सुदूरपश्चिम प्रदेशको अछाममा ६ जना, कञ्चनपुरमा १८ जना, कैलालीमा ३५ जना, डडेल्धुरामा र डोटीमा ४÷४ जना, दार्चुलामा ३ जना, बझाङ १० र बैतडीमा ८ जनामा संक्रमण देखिएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment