थप ४ कर्मचारीमा संक्रमण देखिएपछि विराटनगरको मालपोत सेवा अनिश्चितकालका लागि बन्द

विराटनगर, २१ असोज । थप ४ जना कर्मचारीहरुलाई कोरोना पोजेटिभ देखिएपछि दसैंअघि विराटनगरस्थित भूमिसुधार तथा मालपोत कार्यालयको सबै सेवा बन्द गरिएको छ ।

एक जना अधिकृतलाई कोरोना पोजेटिभ देखिएपछि ३ दिनका लागि सेवा बन्द गरिएकोमा थप ४ जना कर्मचारीमा कोरोना पोजेटिभ देखिएकाले अर्को सूचना नभएसम्मका लागि सबै सेवा बन्द गरिएको प्रमुख मालपोत अधिकृत नरेन्द्र पौडेलले जानकारी दिनुभयो ।
कर्मचारीहरु आईसोलेशनमा बस्नुपर्ने भएपछि कर्मचारी अभाव भएकाले सेवा प्रदान गर्न नसकिने भूमिसुधार तथा मालपोत कार्यालय विराटनगरले जनाएको छ ।

कन्ट्याक्ट ट्रेसिङमा परेका १३ जना कर्मचारीहरुको स्वाब परीक्षणका लागि पठाइएको छ । भूमिसुधार तथा मालपोत कार्यालय विराटनगरमा ५० जना कर्मचारीहरु रहेका छन् । 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment