प्रदेश १ मा तीन सय ४३ जना कोरोना संक्रमित थपिए, १० जना डिस्चार्ज भए

विराटनगर, २१ असोज । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३ सय ४३ जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिलेसम्मकै उच्च हो ।

मोरङमा १ सय ६२, सुनसरीमा १ सय ३५, झापामा ३३, धनकुटामा ४, भोजपुर र इलाममा २–२, पाँचथरमा १ र प्रदेश १ बाहिरका ४ जनामा कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा १ सय ३७ जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएकामध्ये ५७ महिला र ८० पुरुष रहेका छन् ।

मोरङको पथरीशनिश्चरेमा ४ पुरुष, रतुवामाईमा २ महिला १ पुरुष, रंगेलीमा २ महिला १ पुरुष, बेलबारीमा १ महिला २ पुरुष, सुन्दरहरैचामा २ महिला १ पुरुष, बुढीगंगा र ग्रामथानमा २–२ पुरुष, उर्लाबारी र धनपालमा १–१ पुरुष र स्थानीय तह नखुलेका १ महिला २ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।

उता सुनसरीको धरानमा ५३ महिला ६१ पुरुष, इटहरीमा ५ महिला ३ पुरुष, बराहक्षेत्र र दुहवीमा २–२ पुरुष, भोक्राहानरसिंहमा २ महिला, गढी, हरिनगर, रामधुनी, इनरुवामा १–१ पुरुष, बर्जुमा १ महिला र स्थानीय तह नखुलेका २ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

त्यस्तै झापाको विर्तामोडमा २ महिला ४ पुरुष, भद्रपुरमा ६ पुरुष, दमकमा ३ महिला ३ पुरुष, गौरादहमा २ महिला २ पुरुष, मेचीनगरमा १ महिला १ पुरुष, कमल गाउँपालिकामा २ पुरुष, कचनकवलमा १ महिला, अर्जुनधारा, हल्दिबारी र शिवसताक्षीमा १–१ पुरुष र स्थानीय तह नखुलेका ३ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।

धनकुटाको महालक्ष्मीमा २, धनकुटा नगरपालिकामा १ र स्थानीय तह नखुलेका १ पुरुष, भोजपुरमा १ महिला १ पुरुष, इलामको मांसेबुङ र देउमाईमा १–१ पुरुष, पाँचथरको फिदिममा १ पुरुष र प्रदेश १ बाहिरका ४ पुरुषमा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ८ हजार ४४७ पुगेको छ । प्रदेश १ मा आज १० जना डिस्चार्ज भएका छन् । उनीहरु सबै मेची अस्पतालबाट डिस्चार्ज भएका हुन् । हालसम्म डिस्चार्ज हुनेको संख्या ४ हजार १३२ पुगेको छ ।

प्रदेश १ मा आज १ हजार ३१० जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १३६ महिला र २०७ पुरुष रहेका छन् । हालसम्म १ लाख ३० हजार ६७१ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment